प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रुभेनबीच टेलिफोन वार्ता



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले इजरायलका राष्ट्रपति रुभेन रिभ्लिनसँग टेलिफोन वार्ता गरेका छन् ।

आज प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीमा रुभेनले इजरायलमा रहेका नेपालीहरुबारे चिन्ता नलिन भनेका छन् । प्रधानमन्त्री ओली ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज मेरो इजरायलका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्