कोरोनाका कारण भारतमा १ हजार ७५ जनाको मृत्यु, कति संक्रमित ?



नयाँ दिल्ली : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १ हजार ७५ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ३३ हजार ६१० रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ३ सय ७२ जना कोरोना निको भएर घर फर्केका छन्।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार सात सय १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा संक्रमितको संख्या ९ हजार ९ सय १५ पुगेको छ।

दोस्रो बढी संक्रमित रहेको गुजरातमा ४ हजार ८२ जना संक्रमित छन्। मिजोराम र अरुणान्चल प्रान्तमा एक एक जना संक्रमित छन्। भारत सरकारका अनुसार पछिल्लो पाँच दिनमा दैनिक ४९ हजार ८ सय र्‍यापिड टेस्ट र पीसिआर टेस्ट भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्