विश्वमा कोरोना संक्रमितको संख्या ३२ लाख ४४ हजार भन्दा बढि, कतिको मृत्यु ?



काठमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख २९ हजार १९० जनाको मृत्यु भएको छ ।

संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा संक्रमितको संख्या भने ३२ लाख ४४ हजार ९०६ पुगेको छ । संक्रमितमध्ये १० लाख १६ हजार ४१९ जना उपचारपछि निको भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा १० लाख ६४ हजार ८५४ जना संक्रमित हुँदा ६१ हजार ६८५ जनाको मृत्यु भएको छ ।

यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख ३९ हजार ४३९ मध्ये २४ हजार ५३ को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित २ लाख ३ हजार ५९१ मध्ये २७ हजार ६८२ को मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा अहिलेसम्म २४ हजार ८७ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ६६ हजार ४२० जनामा कोरोनाको संक्रमण देखिएको छ । जर्मनीमा एक लाख ६१ हजार ८४५ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ४७० पुगेको छ ।

यस्तै, बेलायतमा एक लाख ६५ हजार २२१ जना संक्रमित हुँदा २६ हजार ९७ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्