रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु



रोल्पा : रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालवालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाकाका प्रमुख प्रशासिकय अधिकृत निम बहादुर केसिले बताए ।

मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र सोही गापा ४ का १३ वर्षीय गौरव नेपाली रहेको उनले बताए।

उनले भने, ‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन’ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्