भन्सार एजेन्ट यादवको रिहाईको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी



वीरगन्ज– प्रहरीले हुण्डीको आरोपमा बुधबार दिउँसो पक्राउ गरेको वीरगन्ज १६ ईनर्वाका लालबाबु कुमार यादवलाई विना सर्त रिहा गर्न वीरगन्ज भन्सार एजेन्ट संघले माग गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष निर्मल प्रसाद कुर्मीले बिहिबार विज्ञप्ती जारी गर्दै पक्राउ परेको यादव हुण्डी कारोबारी नभई वीरगन्ज भंसार एजेन्ट रहेकोले विना सर्त रिहा गर्न माग गरेका हुन् ।

यादवलाई हुण्डी कारोवारमा संग्लन रहेको आरोपमा प्रहरीले नगदसहित प्रकाउ गरी सामचार सम्प्रेषण गरिएको प्रति संघको गम्भीर ध्यानकर्षण समेत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । निज हुण्डी कारोवारी नभई एम. ए. आर. क्लियरिङ् सेवा इजाजत नं. ४०७ का कार्यरत सहायक नेपाली क्लियरिङ् एजेन्ट कर्मचारी हुन संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपालमा आयातित चामलको कस्टम ड्युटी तिर्न आफ्नो ईनर्वा निवासबाट भन्सार कागजात सहितको भन्सार जाँच चौकी, सिर्सिया (आईसिपी) जाँदा बीरगँज भन्सार क्षेत्रमा ईनर्वामा नै प्रहरीले प्रकाऊ गरि झुठो मुचुल्का उठाई रक्सौल पारिबाट आउदा समातिएको तर्फ खेद प्रकट गर्दै निर्दोष यादवलाई अविलम्ब रिहाईको माग संघले गरेको छ ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘अहिलेको भिषण परिस्थितीमा ज्यान जोखिममा राखेर सेवाप्रदायक काम गर्दै आईरहेको क्लियरिङ् एजेन्टहरुलाई प्रोत्साहन गर्नुको साटो हत्सोसाहित गर्ने काम नगर्न प्रहरीलाई आग्रह गरेको छ ।’

इनर्वा प्रहरी चौकीमा रहेका प्रहरी नायव निरिक्षक बैद्यनाथ दास जो आफूलाई ‘सिंघंम’ भनाउँन रुचाउँछन । दासले पेशा ब्यवसाय गरेर खानेहरुलाई दुःख दिई आफूलाई चर्चामा ल्याउँने नियतले यादवलाई पक्राउ गरेको संघले आरोप समेत लगाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा उनको यो काम प्रहरी संगठनले पाएको अधिकारको दुरुपयोग गरेर पेशा ब्यवसायमा संलग्नहरुलाई हतोत्साहित गर्ने तर्फ लक्षीत रहेको छ । उनले यसो गरेर गलत कामलाई संस्थागत त गरिरहेका छैनन भन्ने पेचिलो प्रश्न पनि संगै उठेको छ ।

पर्सा प्रहरीले समातेर बुझाउने मात्र काम गर्ने हो की त्यो कुरा सहि र गलत पनि छुट्ट्याउने हो । यादव प्रकरणमा कतिपय प्रश्न उठेका छन । त्यसको समुचित अनुसन्धान प्रहरीले गर्न सकेन भने प्रहरीले नागरिकलाई दुःख दिन खोजेको पुष्टि हुन्छ ।

यादवलाई प्रहरीले आफनै घरबाट आइसीपी जाँदा समातेको हो । तर प्रहरीले बनाएको मुचुल्कामा समेत रक्सौलबाट आउँदा समातेको गलत मुचुल्का उठाएको वीरगन्ज भन्सार एजेण्ट संघले गम्भिर आरोप लगाएको छ । यसरी मुचुल्का तयार पार्ने प्रहरीको काम प्रति संघले खेद समेत प्रकट गरेको छ ।

लक डाउन छ । नेपाल भारतको सीमा पनि लक छ । नेपालका बिभिन्न ठाउँबाट आएका भारतीय नागरिकलाई सीमामा प्रहरीले रोकेर वीरगन्जका बिभिन्न क्वारेन्टिनमा राखिएको छ । सिमावर्ती शहर रक्सौलमा समेत स्थापना गरिएको क्वारेन्टाईनमा एक महिनादेखि राखिएको छ । कसैलाई आवतजावत गर्न दिएको छैन ।

यस्तो अवस्थामा प्रहरीले नै रक्सौलबाट आउँदै गर्दा यादव पक्राउ भनेर समाचार जारी गरेको छ । प्रहरीको यो कदमलेनै प्रहरीको काम शंकाको घेरामा परेको हो । गम्भीर प्रकृतिको विरामी बोकेको एम्बुलेंसलाई समेत भारतमा छिर्न दिएको छैन्् नत भारतबाट नेपाल नै एम्बुलेंस आउँन दिएको छैन ।

यहाँसंघ अतिआवश्यक औषधी मगाउँदा प्रहरीले जारी गरेको हेल्प डेक्समार्फत नै प्रहरीले भारतबाट औषधी ल्याएर वीरगन्जका विरामीलाई उपलब्ध गराउँने गरेको अवस्थामा भारतबाट हुण्डीको रकम लिएर कसरी नेपाल प्रवेश गरेको छ, आमसर्वसाधारणको मनमा जिज्ञासा उब्जेको छ ।

कतिपय सुरक्षा घेरा पार गरेर यादव साच्चै रक्सौलबाट आएका हुन भने पर्सा प्रहरी प्रमुखको नेतृत्व क्षमता , कौशलता र इमान्दारीता माथि गम्भिर सवाल उठेको छ । यि सवालहरुको पर्सा प्रहरीले चित्र बुझ्दो जवाफ दिन नसक्दा सम्म उसको नियतमाथि प्रश्न उठिरहन्छ ।

यस बिषयमा प्रहरी उपरिक्षक, तीनवटै भंसार कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र एजेन्ट संघ विच बिहिबार बेलुका सम्म भएको छलफलमा प्रहरी उपरिक्षक गंगा पन्तले पक्राउ परेको यादवलाई छोड्न नमिल्ने जनाएपछि एजेन्ट संघ थप आन्दोलनमा जाने निश्चित भएको छ ।

छलफलमा प्रहरी उपरिक्षक पन्तले पक्राउ परेका यादव संग श्रोत नखुलेको रकम बरामद भएपछि अदालतमा म्याद थप गराएकाले यसमा केहि गर्न नमिल्ले जनाउँदै यादवलाई छुटाउँन अब अदालत बाहेकको विकल्प नरहेको बताएपछि एजेन्ट संघ आन्दोलनमा जाने मनस्थिती बनाएको छ ।

एपसी साहेबले देखाएको गैर जिम्मेवारी पनका कारण देशव्यापी कै भंसार कार्यालयको काम रोकी हड्ताड जाने मनस्थिती एजेन्ट संघले बनाएको संघका उपाध्यक्ष प्रदीप पटेलले बताए । यहाँ भएको स्थिती बारे केन्द्र कार्यालयलाई जानकारी गराई सकेको छौ, उनले भने, भोली विहान १० बजेसम्म कुनै ठोस निर्णय नभए केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने छाँै ।

भन्सारबाट आ—आफ्नो मालसमान छुटाउनको लागि बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया यादवलाई दिएका थिए ।

यादवले सोहि रकम लिएर आईसिपी भंसार जाने क्रममा प्रहरी नायब निरिक्षक बैद्यनाथ दासले नियन्त्रणमा लिई हुण्डी गरेको गलत आरोप लगाउँदै मुचुल्ला उठाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्