भारतमा कोरोनाबाट अहिलेसम्मकै धेरैको मृत्यु, ३४ हजार संक्रमित



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । जुन संख्या भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमणबाट ज्यान गुमाएको दिन हो । यसअघि सबैभन्दा धेरै बुधबार ७१ जनाको मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म ।

हालसम्म भारतमा कोरोना भाइरसबाट १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ भने ३४ हजार संक्रमित भएका छन् । जसमा बितेको २४ घण्टामा १ हजार ८ सय संक्रमित थपिए । ९ हजार बढी संक्रमित निको भएका छन् ।

भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा प्रभावित देश हो ।

प्रतिक्रिया दिनुहोस्