ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, ७ घर जले



ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागी भएको छ । शुक्रबार करिब १० बजेदेखि शुरु भएको आगालीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर पूर्ण रुपमा क्षेति भएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवारण भने आउन बाँकी छ । आगलागी शुरु भएको दुई घण्टापछि राती १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी हुनुको कारण अहिलेसम्म यकिन नभइसकेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । तर, मान्छे नभएको खाली घरबाट आगलागी शुरु भएको भन्ने छ ।

आगो पूर्ण नियन्त्रणमा लिन शनिबार बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ भने चन्द्रप्रसाद निरौलाको पाँत तले घरको आधा भाग जलेको छ ।

जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन् ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्