किन बोल्दैनन् शाहरुख र आमिर खान ?



एजेन्सी : बलिउडका केही अभिनेताहरु एकअर्कासँग बोल्दैनन् । यी मध्ये चर्चीत स्टार अमिर खान र बलिउड किङ शाहरुख खानबीच बोलीचाली छैन ।

विभिन्न कार्यक्रममा उनीहरु एक अर्काबारे बोल्ने गर्छन् तर उनीहरु मिल्ने मित्र भने होइनन् । ‘कफी विथ करन’ कार्यक्रममा आमिर खानले पनि शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकारेका थिए ।

सन् १९९८ मा आयोजित जि सिने अवार्ड कार्यक्रममा शाहरुख खानले आमिरलाई अवार्ड पाएपछि आमिर खानप्रति तिखो आलोचना गरेका थिए । उनले अवार्ड पाएपछि आमिरलाई व्यंग गर्दै सलमान खानसँग अवार्ड सेयर गरेका थिए ।

आमिर खानलाई सबैले बिर्सिने र शाहरुखलाई मात्र सबैले याद राख्ने उनले बताएका थिए । सन् १९९६ पछि कुनै पनि अवार्ड कार्यक्रममा नगएका आमिरलाई यसरी शाहरुखले व्यंग गरेका थिए । त्यसपश्चात उनीहरुबीच एकखाले शीतयुद्ध नै चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्