कोरोनाविरुद्ध खोप पत्ता लगाएको इजरायलका रक्षामन्त्रीको दाबी



एजेन्सी : प्रविधिमा निकै प्रसिद्ध देश इजरायलले कोरोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेको छ । यो दाबी इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले गरेका हुन् । उनले इजरायलको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (IIBR) ले कोरोना भाइरसको लागि एन्टिबडी निर्माण गर्न सफल भएको दाबी गरेकी छन् ।

इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले सोमबार इजरायलको आईआईबीआर संस्थानले कोरोना भाइरसको खोप बनाएको दाबी गरेका हुन् । संस्थानले एन्टिबडी बनाएको र यसको प्रक्रिया पूरा गरिसकेको बताएको छ । अब उक्त खोप बिरामीलाई प्रयोग गरिने र यसको मात्रा पनि बढाइने बताएको छ ।

आईआईबीआर इजरायलको सबैभन्दा ठूलो गुप्तचर संस्थान हो । यो संस्थानमा हुने कुनै पनि प्रयोग बाहिरी दुनियाँमा जानकारी दिइँदैन । तर, रक्षामन्त्री नैफताली बेन्नेटले खोपको बारेमा जानकारी दिएका हुन् । यो समाचार इजरायलको खबर टाइम्स अफ इजरायलको बेभसाइटमा समेत प्रकाशित गरिएको छ ।

रक्षामन्त्री नैफताली बेन्नेटले बताए अनुसार यो खोपले एन्टिबडी मोनोक्लोनल तरिकाबाट कोरोना भाइरसमाथि हमला गर्छ । यसले कोरोना संंक्रमित व्यक्तिको शरीर भित्र कोरोना भाइरस मार्न सहयोग गर्छ । जसले गर्दा शरीरको अन्य भागमा भाइरस फैलन दिँदैन ।

यद्यपि, बेन्नेटले यो खोप मानिसमा प्रयोग भएको छ कि छैन भन्ने बारेमा बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्