धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



कैलाली : छिमेकीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जानकी गाउँपालिका-५ अमौरी बस्ने ३५ वर्षीय टीकाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
टीकारामले छिमेकी ६० वर्षीय पुरुष र उनकै श्रीमतीलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्