सांसद यादवद्वारा स्वास्थ्य सामग्री वितरण



वीरगन्ज: लक डाउनको बेला जोखिम पुर्ण अवस्थामा पनि खटिएका सञ्चारकर्मीहरु र वीरगन्ज महानगरपालिका तथा अफ्नो निर्वाचन क्षेत्र पर्सा १ का स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सांसद प्रदिप यादवले स्वाथ्य सुरक्षा सामग्रीहरु वितरण गरेका छन् ।

वीरगंजको घण्टाघर अगाडी सुचना संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई सांसद यादवले एन.९५ माक्स, स्तरीय ग्लब्स, सेन्टिाईजर र कार्यालयका लागी थर्मल गन नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा मार्फत वितरण गरेका हुन् । आफ्नो ज्यानको प्रवाह नगरिकन दिनरात जनतालाई सुसुचित गराई रहेका सञ्चारकर्मीहरुको प्रोत्साहनका लागी आफ्नो दायित्व सम्झेर समाग्री वितरण गरेको सांसद यादवले बताएका छन् ।

‘साधारण सर्जिकल मास्कले काम चलाउदै आएको मैले यस पटकको काठमाडौं यात्रामा ल्ढछ मास्क पाएँ । त्यसपछि मेरो बीरगन्जका संचारकर्मी पत्रकार साथीहरूको ध्यान आयो, उहाँहरुमध्ये पनि धेरै जना साधारण किसिमको मास्क लगाएर कोरोना सम्बन्धि रिपोर्टिङमा अनवरत खटिरहनु भएको छ,’ सांसद यादवले भने,‘संसद सचिवालयबाट प्राप्त तलबबाट माक्स, ग्लब्स, सेन्टिाईजर र नेपाल पत्रकार महासंघको कार्यालयका लागी एक थान थर्मल गन प्रदान गर्ने पाउँदा अत्यन्तै खुशी लागेको छ । त्यस्तै वीरगंज महानगरपालिका अन्तरर्गत पर्ने सम्पुर्ण वडा र पर्सा क्षेत्र नं.१ को स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुलाई चाहिने पिपिई सेट, सेनिटाईजर, एन ९५ माक्स, ग्लब्स लगायतको समाग्रीहरु मैले प्रदान गर्न सुरु गरेको छु ।’

सो अवसरमा समाजिक दुरी राख्दै उपस्थित पत्रकार, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्