प्रदेश २ मा २ हजार ७५३ को स्वाब संकलन, २ हजार ३७२ को नेगेटिभ, ३० जनाको पोजेटिभ



जनकपुरधाम: प्रदेश २ मा बिहीबारसम्म २ हजार ७ सय ५३ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

ती मध्ये ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने २ हजार ३ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ५१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ३७ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ३ सय २७ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश भरिमा अहिले ४ हजार ४ सय ५० जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ६७ बेड क्षमताको आईसोलेसनमा ४५ जना भर्ना रहेको उनले बताए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ७ जना,महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना,सिमरास्थित अस्थायी उपचार कक्षमा ७ जना र सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ जना गरि कुल १७ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्