छतबाट खसेर मजदूरको मृत्यु



कपिलवस्तु: शिवराज नगरपालिका-५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवराज-५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ हुन् । यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते भएका नाउँको चितवनमा उपचारका क्रममा आज मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्