नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो



काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्य १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार २ जनामा कोरोना पुष्टि भएसँगे संक्रमितको संख्या १ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलबस्तुका १६ र २२ वर्षको पुरुषमा पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्