कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज



विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् ।

कोशी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आज (शुक्रबार) दिउँसो डिस्चार्ज भएका गरिएको हो ।

उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ३० पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

साथै निको भएका मध्ये तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएपछि उनीहरु अस्पताल भर्ना भएका छन् ।

यता नेपालमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्