थप ६३ जना सांसदको थ्रोट स्वाब संकलन



काठमाडौं: संघीय संसदको छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना संकलन गरिएको छ ।

सांसद तथा कर्मचारीमा कोभिड-१९ भए-नभएको निक्र्यौल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ संघीय संसद सचिवालयका कर्मचारी तथा मर्यादा पालकको स्वाब संकलन गरिएको थियो ।

आज नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना संकलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

संघीय संसदको छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । रासस

प्रतिक्रिया दिनुहोस्