कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ



सुर्खेत : छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा एक जनालाई हरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने २७ वर्षीय पुरुषलाई कुटपिट गरेको भन्न खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेततर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्