राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको संघीय संसदको छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्