सुखडमा सभाहलको शिलान्यास



कैलाली: घोडाघोडी नगरपालिका १ सुखडमा सभाहलको शिलान्यास गरिएको छ ।

जगन्नाथ मरुवा सभाहलको शुुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले शिलान्यास गरेका छन् ।

गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरु संचालन गर्न समस्या भैरहेको हुँदा उक्त सभाहलको निर्माण गर्न लागिएको जगन्नाथ मरुवा युवा क्लब सुखडका अध्यक्ष शिव कुमार चौधरीले बताए ।

उनले गाउँमा हुने विभिन्न खालको छ्लफलको लागि कसैको घर वा खुल्ला ठाउँमा बस्नुपर्ने समस्याको अन्त्यका लागि भवन निर्माण गर्न लागिएको बताए ।

सभाहलको शिलान्यासपछि बोल्दै नगर प्रमुख चौधरीले गाउँ घरमा हुने कार्यक्रम तथा भलवन्साहरुको छलफलसंगै अन्य सभा समारोहको लागि सभाहलको आवस्यकता पर्ने बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको हुँदा सामाजिक दुरि कायम गरि काम गर्नको लागि आग्रहसमेत गरे ।

पुर्वाधार विकास कार्यक्रम (संसद विकास कोष) बाट १० लाख तथा उपभोक्ता समिती बाट २ लाख ५१ हजार गरि कुल १२ लाख ५१ हजार बराबरको लागतमा एक कोठे सभाहल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष हिरालाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्