धनुषामा २१ किलो अवैध गाँजा बरामद



जनकपुरधाम: धनुषामा सशस्त्र प्रहरीको टोलीले २१ किलो अवैध गाँजा बरामद गरेको छ ।

सिमानाकाको सुरक्षा गस्तीमा खटेको सशस्त्रको टोलीले शुक्रबार राती सो परिमाणमा गाँजा बरामद गरेको हो ।

सशस्त्रका प्रहरी नायव उपरिक्षक निर्मल खडकाको कमाण्डमा खटेको ५ जनाको टोली र प्रहरी सहायक निरिक्षक साधुशरण यादवको नेतृत्वमा खटेको ४ जना सुरक्षाकर्मीको गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका ५ एकराहीबाट सरावे तर्फ गइरहेका तिनजनाले बोकेको गाँजाको तिनवटा पोका फालेर भागेका थिए ।

प्रहरीले तिनवटै पोका खोलेर हेर्दा २०.७ किलो गाँजा बरामद गरिएको सुचना अधिकारी समेत रहेका सहायक प्रहरी नायव उपरिक्षक निर्मल खडकाले बताए । बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्