धनुषाका सञ्चारकर्मीहरुमा कोरोना संक्रमण नरहेको पुष्टि



जनकपुरधाम: कोरोना महामारीसम्बन्धी समाचार संकलनका लागि अग्रपंक्तिमा रहि फिल्डमा खट्ने धनुषाका सञ्चारकर्मीहरुमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

यहाँका बिभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारहरुको गत बुधबार स्वाब संकलन गरिएको थियो । संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष अवधेश कामतला बताए ।

उनले पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा श्रीनाथ गण धनुषा महेन्द्रनगरको नेपाली सेनाको सहयोग र प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले बुधबार पत्रकारहरुको स्वाव संकलन गरेको थियो ।

लकडाउनको अवधिमा समेत जनतालाई सुसूचित गराउने दायित्व निर्वाह गर्दै निरन्तर फिल्डमा खटिनुपर्ने भएकोले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सञ्चारकर्मीहरुको थ्रोट र नेजल दुबै विधिबाट स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्