सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भनेपछि…



काठामाडौं– भारतले नेपालको सिमामा पर्ने लिपुलेक भारतको दाबी गरेपछि तताएको सामाजिक सञ्जाल पुनः एकपटक तातोको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरा स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार भएपछि फेरी सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन भएकाले पनि सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ ।

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।

योसँगै यसविषयमा प्रतिक्रियाहरू पनि आइरहेका छन् ।

ट्वीटर प्रयोगकर्ता स्यामीले लखेका छन्– ‘सगरमाथा चीनमा–आहा । त्यसो भए बेइजिङ नेपालमा पर्छ ।’

त्यस्तै मन्जिल श्रेष्ठ लेख्छन्– ‘राजनीतिक दलहरूले सगरमाथा नि चीनलाई बचेछन् । अब हामी विरोध गर्छौ कि चुप बस्छौं । ’

यता भारतीय ट्वीटर प्रयोगकर्ताहरूले पनि नेपालको पक्षमा बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्