अमेरिकाकाे बीच सडकमा बेवारिसे भेटियाे नवजात शिशु



एजेन्सी : नेपालमा नवजात शिशु अलपत्र अवस्थामा फेला पर्यो भन्ने सुन्दा अचम्म नलाग्न सक्छ । तर अमेरिकामा पनि एक नवजात शिशु बीच बाटोमा अलपत्र अवस्थामा फेला परेका छन्  । अमेरिकाको क्यालिफोर्नियामा एक युवकले नवजात शिशुलाई बाटोको बीचमा अलपत्र अवस्थामा भेट्टाएका हुन् ।

 

स्थानीय समयअनुसार सोमबार बिहानै पत्रिका वितरणका लागि निस्केका २१ वर्षे युवा आउरेलिओ फुएन्तेस जुनियरले मदेरा काउन्टीको स्थानीय सडकको बीचमा नवजात शिशुलाई अलपत्र अवस्थामा देखे । स्थानीय पत्रिका द फ्रेन्सो बीका वितरक आउरेलिओले मदेराको रान्चोस क्षेत्रमा शिशु देखेपछि प्रहरीलाई खबर गरे । उनले प्रहरीलाई खबर गरेसँगै शिशुलाई नजिकै रहेको बाल अस्पताल पुर्‍याएका थिए ।

बिहान साढे चार बजेतिरै बाटोको बीचमा शिशु अलपत्र देखेको उनले बताए । शिशुकी आमा अनुमानित २० वर्ष हाराहारीकी युवती रहेको बताइए पनि उनको पहिचान अहिलेसम्म हुनसकेको छैन ।

ग्राहकको घरमा पत्रिका वितरणका लागि आफ्नो कारको गति सुस्त गरेका बेला आउरेलिओले बाटोको बीचमा केही चल्दै गरेको देखे । सुरुमा जनावरजस्तो लागे पनि नजिकै गएर हेर्दा नवजात शिशु रहेको उनले पत्तो पाए । त्यहीँबाट प्रहरीलाई फोन गरी त्यहाँबाट पाएकाे निर्देशनअनुसार आफूले गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्