कपिलवस्तुका जिल्ला सिल



कपिलवस्तु : एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कपिलवस्तु जिल्ला सिल गरिएको छ । जेठ ५ सम्म कपिलवस्तु जिल्ला सिल गर्ने निर्णय भएको हो ।

जिल्ला सुरक्षा समितिको आज (सोमबार) बसेको बैठकले सबै क्षेत्र एकैपटक सिल गर्ने निर्णय गरेको हो ।

आज कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, र दुई जना ३४ वर्षीया पुरुष र एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएबमे परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आजै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा बस्ने १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्