धनुषाको शहिदनगरमा धर्मशाला निर्माण हुँदै



जनकपुरधाम: धनुषाको शहिदनगर नगरपालिकामा धर्मशाला निर्माण हुने भएको छ ।

कमला बचाउ अभियानको पहलमा शहिदनगर नगरपालिका वडा नं.१ स्थित रामघाट धर्मशाला निर्माणको शहिदनगर नगरपालिकाका मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले शिलान्यास गरेका छन् ।

कमला बचाउ अभियानले धर्मशाला निर्माणको काम पर्यटन प्रबर्द्धन एवं कमलाको एतिहास पर्यावरण संरक्षण बचाउने उदेश्यका साथ गर्न लागेको मेयर बरबरियाले बताए ।

शिलान्यास कार्यक्रममा कमला बचाउ अभियानी वडा अध्यक्ष तेजिलाल यादव,कमला अभियानी बिरेन्द्र यादव,सुरेन्द्र यादव,श्याम कुमार महतो,राजकिशोर सल्हैता,सुनिल यादव,राम जिवन यादव,नरेश यादव,आशुतोष यादव ,रामनाथ यादव कमला अभियानी पत्रकार सुरेश यादव लगायत कमला किनारका बासिन्दा भद्रभलादमी एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्