धनगढी उपमहानगरपालिकाले राहत वितरण स्थगित गर्‍यो



कैलाली : धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा राहत वितरण कार्य स्थगित गरिएको छ।

उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियाको विषयमा छानबिन भइरहेको र तत्कालनका लागि वितरणको कार्य स्थगित गरिएको जानकारी दिएको हो।

उपमहानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले चामल फिर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्