वीरगञ्जमा ५० बेडको आईसोलेशन, ६४ संक्रमित



जनकपुरधामः वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको संख्या बढन थालेपछि उपचारमा समस्या देखिएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले प्रदेश २ का अधिकांश संक्रमितहरुको उपचार यसै अस्पतालमा भइरहेकोले आइसोलेशन बेडको अभाव भएको बताएका छन् ।

उनले भने,‘यस अस्पतालमा आईशोलेसन बेडको संख्या ५० छ तर पर्सा जिल्लामा संक्रमितको संख्या ६४ पुगेकोले हामीलाई व्यवस्थापनमा समस्या भएको छ । नारायणी अस्पतालमै बेड थपेर हुन्छ कि अन्य अस्पतालमा व्यवस्थापन गर्नुपर्छ त्यसको व्यवस्थापनमा हामी जुटेका छौं ।’

प्रादेशिक अस्पताल जनकपुरमा ४२ बेडसहितको कोरोना विशेष अस्पतालको निर्माण भइसकेकोले नारायणीमा व्यवस्थापन हुन नसके संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्