ट्रकको ठक्करबाट एकको मृत्यु, एक जना घाईते



कैलालीः कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बर्दगोरिया गाँउपालिका वडा नं.४ निमुवाबोझीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाँउपालिका वडा नं.६ पकरीयाका २१ वर्षिय शेर बहादुर डगौंराको मृत्यु भएको छ भने मोटर साईकल चालक सोही ठाउँका ३५ वर्षिय पर्शुराम डगौंरा घाईते भएका छन् ।

पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प.प्र. ०१ ००८ प ४४७४ नं.को मोटरसाईकललाई सोही दिशामा गईरहेको से १ क ९४५ नं.को ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र ४१ वर्षिय चालक मान बहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनियाँको टोलीले नियन्त्रणमा लिएको छ ।

घाईते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भईरहेको र शव पोष्टमार्टमका लागि टिकापुर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय बौनियाँले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्