कोरोना संक्रमित थपिएपछि बारामा निषेधाज्ञा



काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाराले लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ। कोरोना संक्रमिति थपिएपछि आज बसेको सिएमसीको बैठकले निषेधाज्ञा गरेको छ।

पर्सा र बारा जिल्लामा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमितलाई मध्यनजर गर्दै दैनिक आवात जातलाई (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत्, सञ्चार, खानेपानी, बैङ्क, खाद्यान्न, दूध, पानी, ग्याँस, तेल, तरकारी, औषधी, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरू (चार पाङ्ग्रे तथा मोटरसाइकल समेत) लाई पूर्ण रूपमा सञ्चालन बन्देज लगाउने निर्णय गरेको हो।

साथै छिमेकी राष्ट्र भारतसँग जोडिएका सिमानाकाहरुमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने र अत्यावश्यक कामका बाहेक अन्य कोही पनि व्यक्तिहरू घर बाहिर निस्कन नदिने निर्णय गरेको पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्