नारायणी अस्पतालबाट भागेका दुई मध्ये एक जना सम्पर्कमा



वीरगन्ज : बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एक जना अस्पतालको सम्पर्कमा आएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले एक जना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताएका छन् ।

भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए । पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुई जनामध्ये एक जना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताईन् ।

‘एकजना सम्पर्कमा आउनुभयो भन्ने खबर आएलगत्तै हामी त्यस ठाउँतर्फ गइरहेका छौं,’ उनले भनिन् । नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्