अमिताभसँगको ‘किस सीन’का कारण भएको थियो अभिषेक र रानीको ब्रेकअप



बलिउड : बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जी कुनै समय एकअर्कालाई डेट गर्थे ।

केही वर्षको सम्बन्ध अचानक ब्रेकअपमा परिणत भएको थियो । उनीहरुबीच के कारणले ब्रेकअप भयो त्यो खुल्न सकेको थिएन ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार फिल्म ‘ब्ल्याक’ मा भएको एक सिनका कारण उनीहरुको ब्रेकअप भएको थियो । उक्त फिल्म अमिताभ बच्चन र रानी मुखर्जीले प्रमुख भुमिका निभाएका थिए ।

फिल्ममा अमिताभ र रानीको एउटा किस सिन रहेको थियो ।

मिडिया रिपोर्टका अनुसार फिल्ममा भएको उक्त किस सिनका कारण उनीहरुको सम्बन्धमा दरार पैदा भएको थियो । अन्तत विवाद बढ्दै गएपछि उनीहरुले ब्रेकअप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्