घुस रकम सहित नेपाल प्रहरीका असई नियन्त्रणमा



काठमाडौं : सिमानाकाबाट अवैध सामान भित्र्याउन दिने बहानामा घुस लिएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महोत्तरीको औरहीमा कार्यरत असई राम नरेश साह तेलीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज बनाइदिने भन्दै घुस रकम माग गरिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबास महोत्तरीको टोलीले उनलाई पक्राउ गरेको हो । 

माघ २९ गते दश हजार रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिने क्रममा स्थानीयले असई तेलीलाई भगाएका थिए । 

त्यसको भोलिपल्टै टोलीले असईसहित घुस रकम राखिदिने स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहलाई पनि पक्राउ गरेको प्रवक्ता अख्तियारका रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्