लागू औषधसहित भारतीय युवक पक्राउ 



वीरगन्ज : पर्सा प्रहरीले लागूऔषधसहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित भारत बिहार हरिपुर निवासी २२ वर्षीय साहिल मियाँ भन्ने नुरुल मियाँलाई पक्राउ गरेको हो । 

 

मियाँ हाल वीरगन्ज २३ मा बस्दै आएका छन् । उनको साथबाट प्रहरीले लागूऔषध इन्जेक्सन नुर्फिन ५ सय पिस, डाईजिल्याब ५ सय पिस र फेनारगन ५ सय पिस गरी १५ सय पिस लागूऔषध इन्जेक्शन बरामद भएको हो । 

 

नेपाली नम्बरको ना ८ प ५१५१ नम्बरको मोटरसाईकलमा लागूऔषध इन्जेक्शन लुकाइछिपाई भारतको रक्सौलबाट ल्याइरहेको अवस्थामा वीरगन्ज २५ सिर्सिया खल्वाटोला मेनरोडमा चेकजाँच गर्ने क्रममा मियाँ पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

 

 हाल उनलाई पर्सा जिल्ला अदालतबाट लागूऔषधमा मुद्दा दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरिक्षक ढकालले बताए ।  

प्रतिक्रिया दिनुहोस्