कोरोना भाइरसको मृत्युदर निकै कम भएको विश्वका यी देश



जेन्सी : विश्वभर कोरोना भाइरसले कहर मच्चाइरहेको छ । विश्वभर कोरोना भाइरसका कारण हालसम्म ३ लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ भने ४५ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।

अमेरिका, इटाली, युके, स्विडेनजस्ता देशहरुमा मृत्युदर उच्च रहेको छ । ती देशहरुमा कोरोना नियन्त्रणका लागि ठुलै कदम चालिए पनि अपेक्षित सफलता पाउन भने निकै समय लागेको अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

तर, कोरोना संक्रमण विश्वभर फैलिरहँदा केही देशमा भने कोरोना भाइरस मृत्युदर निकै कम रहेको छ । सिंगापुर र कतारमा कोरोना भाइरस मृत्युदर अत्यन्त न्युन रहेको छ ।

सिंगापुर र कतारमा मृत्युदर ०.१ प्रतिशत तल रहेको छ । कतारको मृत्युदर ०.०७ प्रतिशत रहेको छ । कतारमा १६ हजारभन्दा बढी केशमा जम्मा १२ जनाको मृत्यु भएको देखिन्छ ।

त्यस्तै सिंगापुरमा मृत्युदर ०.०९३ प्रतिशत रहेको छ । सिंगापुरमा १९००० संक्रमित त्यति प्रतिशत मृत्युदर भएको देखिन्छ ।

विज्ञहरुका अनुसार यी दुई देशमा कोरोना परीक्षणका लागि देखाएको तदारुकता, संक्रमितलाई दिइने स्वास्थ्य सेवा र जनसंख्याको उमेर पनि रहेको बताएका छन् । साउथइस्ट एसियामा सिंगापुरमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । अ‍ेरिबयन देशमध्ये धेरै संक्रमित हुनेमा कतार दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्