लिपुलेकबारे अरु कसैको इसारामा नेपालीले विरोध ग-यो : भारतीय सेनापति नरवणे


काठमाडौं : भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरु कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको आरोप लगाएका छन् । नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंकट्याकं मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले शुक्रबार गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेकोतर्फ संकेत गर्दै त्यस्तो धारणा राखेका हुन् । यद्यपि उनले चीनको नाम भने नलिएको स्रोतको भनाइ छ । 

भारतले गत शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेको थियो । भारतका रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए । उक्त सडकखण्ड आफ्नो भूमि भएर गएको भन्दै नेपालले विरोध जनाएको छ । र, त्यसलाई लिएर नेपालमा संसददेखि सडकसम्म विरोध प्रदर्शनहरु जारी रहेको छ । साथै नेपालले विरोधस्वरुप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत बुझाइसकेको छ ।

तर भारतीय सेनाप्रमुख नरवणेले अहिले सडकलाई लिएर नेपालमा भइरहेको विरोधसमेत कुनै अर्थ नभएको बताएका छन् । ‘नेपालका राजदूतले काली नदी पूर्वको भाग उहाँहरुको भन्नु भएको छ । त्यसमा कुनै विवाद छैन । जबकी सडक पश्चिमतर्फ बनेको छ । त्यसैले उनीहरुले विरोध गर्नुको कारण मैले बुझेको छैन,’ नरवणेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘विगतमा कुनै समस्या थिएन त्यही भएर अहिले यो मुद्दा कसैको इसारा उठाइको भन्नेमा विश्वास गर्ने आधार देखिन्छ र त्यसको बढी सम्भावना पनि छ ।’ तर, उनले काली नदीको मुहानका सम्बन्धमा नेपालको आफ्नो दाबीका बारेमा भने केही उल्लेख नगरेको स्रोतको भनाइ छ । नेपालले भारतलाई पठाएको विरोध पत्रमा सुगौली सन्धिलगायतका ऐतिहासिक प्रमाणलाई आधार मान्दै कालीपूर्वको भूमि आफ्नो भएको उल्लेख गरेको थियो ।

आईडीएसएले नियमित रुपमा गर्ने प्रबुद्ध व्यक्तिसँगको सम्वादअन्तर्गत शुक्रबार सेना प्रमुख नरवणे सहभागी थिए । कोभिड–१९ र भारतीय सेनाको भूमिका विषयको उक्त सम्वाद कार्यक्रममा भारतीय सेनाका पूर्व जनरल शेखर सिन्हाको जिज्ञासामा नरवणेले लिपुलेक र कालापानीका सम्बन्धमा त्यस्तो धारणा राखेका हुन् । तर, उनले नेपाल–भारत–चीनबीच त्रिदेशी विन्दुलगायत मुद्दाहरु भने मिलाउन बाँकी रहेको बताएका छन् ।

एउटा अर्को जिज्ञासामा नेपालको पछिल्लो विरोध र चीन र भारतबीच गत साता सिक्किमको उत्तरी सीमा भएको तनावबीच भने कुनै सम्बन्ध नभएको समेत उनको भनाई थियो । सिक्किमको उत्तरी क्षेत्रमा सीमामा खटिएका दुवै देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा दुवै पक्षका सैनिकहरु घाइतेसमेत भएका थिए ।

भारतले उत्तराखण्ड हुँदै नेपाली भूमिबाट नेपाल–चीन सीमा विन्दु लिपुलेकसम्म सडक निर्माण गरेको छ । त्यसमा नेपालको दार्जुला जिल्लाको गुन्जीबाट लिपुलेकसम्म १९ किलोमिटर नेपाली भूमि रहेको छ । भारतका रक्षा मन्त्रीले उक्त सडकको एकतर्फी रुपमा नेपाललाई थाहा नै नदिई वैशाख २६ मा उद्घाटन गरेका थिए ।कान्तिपुर दैनिकमा सुरेशराज न्यौपाने र जगदीश्वर पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।