वडा अध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ



संखुवासभा: वडा अध्यक्षमाथि खुकुरी प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका-५ का कार्यवाहक वडा अध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने बीरबहादुर तामाङलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति ८ बजेतिर वडा कार्यालय नजिकै उनीमाथि स्थानीय बीरबहादुर तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

अहिले उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ ।

कार्यवाहक अध्यक्ष निरौला खतरामुक्त रहेको र टाउकोमा १० टाँका सिलाई भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । उनीमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्