उत्तर कोरियाको मुटु हल्लाउने डरलाग्दा १० कानुन



एजेन्सी : विश्वकै तानाशाह शासक किम जोङ उनको शासन रहेको उत्तर कोरियामा कस्तो कानुन होला ? यो सबैको चासोको विषय हो । यद्यपि, धेरैले अनुमान लगाउन भने सक्छन् किनकी त्यति धेरै क्रुर शासक भएको देशको कानुन पक्कै पनि क्रुर नहोला भन्न सकिन्न ।

विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् ।

तर विश्वकै क्रुर कानुनमध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

१. उत्तर कोरियामा मृत व्यक्ति किम सुंगको नाममा शासन चलाइन्छ ।

२. टेलिभिजनमा सरकारले जे देखाउँछ, त्यहि मात्र देख्न सकिन्छ ।

३. उत्तर कोरियामा ८ जुलाई र १७ डिसेम्बरमा चाडपर्व तथा खुसीयाली मनाउन मनाही छ ।

४. हरेक घरमा सरकारबाट नियन्त्रित रेडियो लगाइएको छ, जुन नागरिकले यस रेडियोलाई बन्द गर्न सक्दैनन् ।

५. उत्तर कोरियामा घरमा बाइबल राख्न मनाही छ । यदि कसैले राखेको पाइएमा कडा सजाय भोग्नुपर्छ ।

६. उत्तर कोरियाली नागरिकले सरकारी मान्यता अनुसारको हेयरस्टाइल राख्नु पर्छ । जसमा २८ हेयरस्टाइल पर्दछन् । महिलाका लागि १८ तथा पुरुषका लागि १० हेयरस्टाइल रहेका छन् । सरकारका अनुसार तानाशाह किम जोंगको हेयरस्टाइल सबैभन्दा उत्कृष्ट रहेको छ ।

७. उत्तर कोरियामा कर्मचारीहरुले सात दिननै काम गर्नुपर्छ । ६ दिन काम गरेबापत उनीहरुलाई तलब मिल्नुका साथै सातौं दिनमा बिना तलब काम गरेर राष्ट्रको प्रगतिमा योगदान दिन्छन् ।

८. पछिल्लो ६१ वर्षमा उत्तर कोरियामा जम्मा २ जना दक्षिण कोरियाका नागरिक बस्नका लागि आएका छन् । जबकी २३,००० मानिस दक्षिण कोरिया बस्न गएका छन् भने उनिहरुलाई देशद्रोहको मुद्धा लागेको छ ।

९. उत्तर कोरियामा कसैले ‘ब्लु जिन्स’ लगाउन पाउँदैनन् । यसको पछाडिको कारण यहाँको सरकारले यसलाई अमेरिकी पहिरन मान्दछ ।

१०.उत्तर कोरियामा पोर्न हेर्न शख्त मनाहि छ । यदि हेरेको पाइएमा फाँसीको सजायसम्म हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्