भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने



नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानेभएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुईदिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेकाे विदेश मन्त्रालयले बिहीबार जनाएको छ । दुईपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नीतिअनुसार मोदी अहिले दक्षिण कोरिया जान लागेकाे अधिकारीहरुले जनाएका छन् । 

यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए । मोदीको भ्रमणका क्रममा उनी र मुनका बीचमा दुईपक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्