म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा



manchester united

काठमाडौँ । तीन गोलको अग्रता गुमाएको खेलमा दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पेनाल्टी सुटआउटमा ४९३ को जित दर्ता गर्यो ।

निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । ३ गोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो ।

खेलको २३औँ मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि ५८औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडको अग्रता ३-० बनेको थियो ।

बलियो अवस्थामा रहेको खेलमा भने युनाइटेडले ३ गोल खान पुग्यो । ७१औँ मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गरेका थिए । यस्तै ७९औँ मिनेटमा क्यालम ओ’हारेले दोस्रो गोल गरे । तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत आएको थियो । एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा हाजी राइटले कुनै गल्ती गरेनन् ।

टाईब्रेकरमा भने युनाइटेड सुरुवातमा नै पछि परेको थियो । कासेमिरोको पेनाल्टी सुरुवातमै ब्राड्ली कोलिन्सले बचाएका थिए । तर त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुके । क्यालम ओ’हारेको पेनाल्टी युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाए भने बेन सिएफले पोस्ट भन्दा माथि प्रहार गरे ।

युनाइटेडले फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । गत वर्षको फाइनलमा पनि युनाइटेड र सिटी भिडेका थिए । त्यसमा सिटी विजयी भएको थियो ।सिटीले शनिवार पहिलो सेमिफाइनलमा चेल्सी माथि १९० को जित निकालेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्