‘एक वर्षमा मुलुकको समृद्धिका लागि आधार तय’ 



काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएका कामकारवाहीका विषयमा जानकारी गराउन बिहीबार देशवासीका नाममा सम्बोधन गरेका छन् ।

उनले आफ्नो एक वर्षे कार्यकाल मुलुकमा समृद्धिको आधार तय भएको दावी गर्दै विगतका कुनै पनि सरकारको एक वर्षे कार्यकालमा नभएको काम आफ्नो कार्यकालमा भएको दावी गरे । 

विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, नेपालको संविधानअनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले यस अवधिमा २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र नेपालमा लगानीमैत्री वातावरणका लागि कानुन परिमार्जनको तयारी भएको बताए ।

यस्तै औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको र नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्री ओलीले बताए ।

 त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल २४सैं घण्टा सञ्चालन तथा पोखरा,लुम्बिनी तथा निजगढ लगायतका अन्य विमानस्थलको निर्माण तथा सञ्चालन गर्नका लागि तीव्र तयारी भएको भन्दै उनले ८७ वटा पुल, ४१७ झोलुंगे पुल र जयनगर–जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको उल्लेख गरे । 

उनले सबै मन्त्रालयगत रुपमा भएको विकास कार्यको फेहरिस्त प्रस्तुत गर्दै विकास कार्य विस्तारै विस्तारै हुने बताए । ‘मलाई थाहा छ, पाँचौ नम्बर गियरमा चलोस् भन्ने जनताको अपेक्षा छ’ प्रधानमन्त्री ओालीले भने–‘एकैपटक पाँच नम्बर गियरमा चलाउने होइन, पाँच नम्बर गियर लगाउन पनि एक दुई तीन हुँदै पाँचौ नम्बर गियरमा पुग्ने हो । 

प्रतिक्रिया दिनुहोस्