कस्मिरमा आतंकवादी आक्रमण, ३० भन्दा बढी भारतीय सुरक्षाकर्मीको मृत्यु



एजेन्सी : जम्मु कस्मिरको पुलवामामा भएको आतंकवादी आक्रमणमा ३० भन्दा बढी भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । सुरक्षाकर्मीको बसलाई लक्षित गरि कारबम बिस्फोट गराइएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

बिस्फोटक पदार्थले भरिएको कार बिस्फोटबाट दक्षिण कश्मीरको क्षेत्रीय रिजर्व प्रहरी बलका ३० जनाको मृत्यु भएको र धेरै घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार दिउँसोको यो घटना पछिल्लो तीन वर्षकै ठूलो आतंकवादी आक्रमण हो । 

भारतीय प्रहरीले यो घटना आत्मघाती हमलाकारीले कार भाडामा लिएर गराएको अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्