जाजरकोट बस दुर्घटना अपडेट : तीनको शव निकालियो, भीषण पानीले उद्धारमा समस्या



सुर्खेत : नेपालगञ्जबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकातर्फ जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

 

भे१ख १३२९ नम्बरको बस बिहीबार साँझ सात बजे जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँ नजिकैबाट भेरीमा खसेको छ । चलानीअनुसार उक्त यात्रु बाहक बसमा १३ जना यात्रु सवार रहेको जनाइएको छ । 

 

मृतक चार जनामध्ये तीन जनाको शव निकालिएको र एक जनाको शव गाडीले च्यापेको र ठाँउ अफ्ठेरो भएकोले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । डोल्पाका मिनबहादुर बोहरा र सहचालक हरि रावतको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । बाँकी दुई जनाको सनाखत हुन बाँकी छ । भीषण पानी परिरहेकोले उद्दारका बाँकी उद्धार कार्यमा समस्या भएको प्रहरी स्रोत बताउँछ । 

 

भेरी नरपालिकाका मेयर सीपी घर्ती मगरसहित नगरपालिकको टिम, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

 

घाइते ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको र घाइतेको अवस्था खतरामुक्त रहको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । दुर्घटनाको कारण र चालकको पहिचान हुन सकेको छैन । 

 

बस भीरबाट खसेर नदीमा पुगेको तर पुरै पानीमा नडुबेको अवस्थामा भेटिएको छ । घटनास्थल सदरमुकाम खलंगाबाट १६ किलोमिटरको दूरीमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्