‘पानी जहाज कार्यालय रमाइलोका लागि होइन’



काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले प्रगति सुन्न नचाहनेहरुले आलोचना गरेको बताएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा दिएको मन्तव्यको क्रममा उनले तथ्यांकलाई 'मिथ्यांक' भन्दै सरकारको आलोचना गरिएको बताए । केही समयअघि प्रधानमन्त्री ओलीले संसदमा दिएको मन्तव्यका क्रममा प्रगति विवरण प्रस्तुत गरेका थिए। त्यसमा उल्लेख गरिएको केही तथ्यांकको सार्वजनिक रुपमा आलोचना भएको थियो।

'प्रधानमन्त्रीले तथ्यांक भुल्ने? मिथ्यांक प्रस्तुत गर्ने भन्दै घोचपेच सुन्नु पर्यो' उनले भने, 'समस्या कहाँ छ भन्ने मलाई थाहा छ।' कतिपय मानिस नेपाली जनतालाई ब्रिग्रेको र समस्याग्रस्त कुराहरु मात्र सुनाउन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई किन प्रगतिका कुरा नसुनाउने भनेर भएका तथ्यांकहरु उल्लेख गरेको बताएका कान्तिपुरमा खवर छ ।

पानी जहाज कार्यालय रमाइलोका लागि होइन

प्रधानमन्त्री ओलीले बिहानमात्रै पानी जहाज कार्यालय उद्घाटन गरेको उल्लेख गर्दै त्यो रमाइलोको लागि नभएको बताए। 'रमाइलाका लागि होइन, पानी जहाज चलाउनकै लागि उद्घाटन गरिएको हो' उनले भने। उनले केहीले 'अड्डा त खुल्यो, टिकाट काट्न आउँ' भन्दै मजाक गर्ने उल्लेख गर्दै भने, 'अवश्य पाइन्छ। तर केही पछि। यो टिकट काट्ने ठाउँ होइन, टिकट काट्ने बेला सबैलाई बोलाउने छौं।'

प्रतिक्रिया दिनुहोस्