आफ्नै घरमा आगो लगाएपछि…



बागलुङः बडिगाड गाउँपालिका-२ सिमलचौर हुकुर्थुम डाँडामा एक व्यक्तिले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् ।

सुरज बहादुर कुमालले मदिरा सेवन गरी पत्नी र छोराछोरीलाई कुटपिट गरी घरमा आगो लगाएका हुन् ।

उनले छोराछोरी र पत्नीलाई कुटपिट गरी घरबाट निकालेर आगो लगाएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताए ।

आगोलागीबाट कुमालको घर र गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा २ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो लगाएर घरभित्रै बसेका कुमाललाई स्थानीयले उद्धार गरेका थिए । कुमाललाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्