३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ५७



काठमाडौं– कोरोना भाइरसका थप तीन जना संक्रमित फेला परेका छन् ।

भेरी अस्पताल नेपालगन्‍ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परीक्षणका क्रममा तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान १७ जना र दिउँसो ९ जना र त्यसपछि एकजनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार मात्रै ३० जनामा कोरोना देखिएको हो ।

त्यसैगरी आज दिउँसो दाङका ३७ वर्षका पुरुषमा कोरोना देखिएको थियो । नयाँ संक्रमित थपिनेमा बाँकेको नरैनापुर गाउँपालिका-३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाकी १९ वर्षीय किशोर रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्