कोरोना ‘बम’ बन्दै प्रदेश ५को क्वारेन्टाइन


काठमाडौं : कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो। त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन्।

तर, प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन्। यसले क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको छ ।

यसको उदाहरण नरैनापुरको क्वारेन्टाइन हो। नरैनापुर गाउँपालिका– ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा चार दिनमा २३ जनालाई कोरोना संक्रमण भयो। एक जनाले ज्यानै गुमाए। क्वारेन्टाइनमा बसेका ६४ जनामध्ये ६ जनालाई शुक्रबार कोरोना संक्रमण भयो। शनिबार क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब नमुना संकलन भयो।

परीक्षणको रिपोर्ट नआउँदै आइतबार नरैनापुर–५ नयाँ बस्तीका २५ वर्षका युवाको क्वारेन्टाइनमै कोरोनाबाट मृत्यु भयो। उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे। वडा नम्बर ६ को जय किसन माविको क्वारेन्टाइनमा सारियो। सोमबार त्यही क्वारेन्टाइनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो। उनीहरू रातभर संक्रमण नभएका व्यक्तिसँगै टेन्टमा सुते।

नरैनापुर–५ को दीपेन्द्र प्रावि मात्र होइन, नमुना प्रावि मोतीपुरको क्वारेन्टाइनमा बसेका ५ जना र नेपाल राष्ट्रिय प्रावि हुलासपुर्वाका १२ जनामा कोरोना संक्रमण भएको छ। नरैनापुरमा ७३ जनामा संक्रमण हुँदा वडा नम्बर ५ का ५३ जनामा कोरोना पुष्टि भइसकेको छ।

नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त शर्माका अनुसार गाउँपालिकाभर १५ वटा क्वारेन्टाइनमा झन्डै ८ सय जनालाई राखिएको छ। हरेकमा औसत ५० भन्दा बढी व्यक्ति छन्। मापदण्डअनुसार क्वारेन्टाइन बनाउन नसकिएको मिश्र स्वीकार गर्छन्।

‘हामीसँग जे जस्तो भौतिक पूर्वाधार छ, त्यसलाई प्रयोग गरेका छौं। भारतबाट आएर घरपरिवारमा सार्ने खतरा थियो। त्यसलाई जोगाएका छौं’, उनले भने। त्यहाँका क्वारेन्टाइनमा रहेका अधिकांशले दिसापिसाब शौचालयबाहिरै गर्ने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आठ स्थानीय तहका ४९ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ५६ जनालाई राखिएको छ। औसत एउटा क्वारेन्टाइनमा ३० जना छन्।

जिल्ला समन्वय समितिले क्वारेन्टाइनका अवस्थाको अनुगमन गरेको छ। समिति सदस्य चेतबहादुर घर्ती भन्छन्, ‘क्वारेन्टाइन बनाएर राख्नु राम्रो हो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि क्वारेन्टाइन बनाउन सकिएको छैन।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना