राष्ट्रिय टोलीमा धोनीको पुनरागमन



काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने बताइएको छ ।

उनी भारतका लागि अझै शीर्ष स्थानका विकेटकिपर ब्याट्सम्यान भएकाले टोलीमा पुनरागमन गर्न सम्भव भएको भारतीय पूर्वब्याट्स म्यान मोहम्मद कैफले बताएका छन् ।

उनले धोनीका लागि राष्ट्रिय टोलीमा पुनरागमनका लागि कुनै समस्या नभएको बताए । धोनीले पछिल्लो वर्षको एक दिवसीय विश्वकपमा न्युजिल्यान्डविरुद्ध अन्तिम खेल खेलेका थिए ।

त्यसपछि उनी राष्ट्रिय टोलीबाहिर छन् । “धेरैलाई लाग्दै छ कि धोनी लामो समयदेखि मैदानबाहिर छन् र यदि उनले आईपीएल खेले पुनरागमन हुन सक्छ ।

तर, मलाई यस्तो लाग्दैन । धोनी सर्वोत्कृष्ट खेलाडी हुन् र दबाबमा परेको टोलीलाई कसरी सम्हाल्ने भन्ने उनलाई मात्र थाहा छ,” मोहम्मदले भने, “उनी पूर्ण फिट छन् ।” एजेन्सी

प्रतिक्रिया दिनुहोस्