फागुनमा हलमा आउँदैछन् यी फिल्म



काठमाडौं : फागुन ३ गतेदेखि ‘बुलबुल’ फिल्म प्रदर्शनमा आएको छ । यो फिल्मबाट नायक मुकुन भुसाल फिल्म क्षेत्रमा प्रवेश गरेका छन् । यस फिल्मको निर्देशन विनोद पौडेलले गरेका छन् । फिल्म ‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । यस फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको छायांकन सुसन प्रजापतिले गरेका छन् । यस फिल्मलाई विनोद पौडेलले लेखेका छन् । यस फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका छन् । यस फिल्मको कार्यकारी निर्माता रामराजा दाहाल छन् ।

‘क्याप्टेन’ फिल्म फागुन १७ गते रिलिज हुँदैछ । यस फिल्मको मुख्य भुमिकामा अनमोल केसी छन् । यस फिल्मलाई नायक भुवन केसीले निर्माण गरेका हुन् । यस फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यस फिल्ममा फुटबल खेलाडीको कथा छ । फिल्ममा अनमोलले दुई नवनायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधेका छन् । उनीहरूका अलावा फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

‘जात्रै जात्रा’ फिल्मको पनि फागुन १७ गते नै रिलिज हुँदैछ । यो फिल्म ‘जात्रा’ फिल्मको सिक्वेल हो । ‘जात्रै जात्रा’ मा विपन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको कमेडीलाई हेर्न सकिन्छ । यस फिल्ममा दयाहाङ राई, वर्षा राउतलगायतका कलाकारको मुख्य भुमिका छ । यस फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्