सरकारले इदमा सार्वजनिक बिदा दिने



काठमाडौं : सरकारले मुस्लिम धर्माबलम्बीहरुको पर्व इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बिदा दिने निर्णय गरेको बताए ।

उनले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेपनि बिदा कुन दिन हुने भन्ने टुंगो नलागेको बताए । ‘मन्त्रिपरिषद्‍ले बिदा दिने निर्णय गरेको छ । कुनदिन भन्ने इस्लाम धर्मगुरुहरुसँग छलफल पछि तय हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्