रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४९ पुग्यो



काठमाडौं : रुसमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ सय ५० जनाको मृत्यु भएको छ। यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २४९ पुगेको छ ।

रुसमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा आठ हजार ८९४ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा समग्र संक्रमितको संख्या तीन लाख २६ हजार ४४८ पुगेको छ । रुस अमेरिकापछि संक्रमितको हिसाबमा सबैभन्दा प्रभावित मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्